राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद बिमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आज बुधबारको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

उक्त मत विभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए। एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावकाृ विपक्षमा १६ मत परेको थियो । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर