कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेकाले सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

आज सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर