अल हिलाल साउदी सुपर कपको फाइनलमा, रोनाल्डोले रातो कार्ड पाए

काठमाडौं ।  अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । सोमवार राति भएको सेमिफाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए ।

यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो । अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर