सशस्त्र प्रहरीको वलम्बुस्थित केन्द्रीय गोदामघरमा आगलागी

काठमाडौं । नेपाल सशस्त्र प्रहरीको वलम्बुस्थित केन्द्रीय गोदामघरमा आगलागी भएको छ । सोमबार दिउँसो करिब ४ बजेदेखि सुरु भएको आगलागी अझै पनि पूर्ण नियन्त्रणमा आएको छैन । काठमाडौं, ललितपुरलगायतका करिब १० ओटाभन्दा बढी वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । केन्द्रीय भण्डार घरमा लागेको आगलागीमा बन्दोबस्तीका सामान, लताकपडालगायतका सामान नष्ट भएका छन् ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आगलागी भएको स्थान वलम्बु पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् । गृहमन्त्री लामिछानेले आगालागी कारणबारे जाँजबुझ गर्न निर्देशनसमेत दिएका छन् ।

आगलागीबाट चार सैनिक घाइते

यसैगरी डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो निभाइसकेको आगो आज पुनः लागेपछि आगो निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए । । पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर