नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीम भण्डारीले नाउपाले गिरीको पार्टीले उनीलाई फिर्ता बोलाएको जानकारी गराएको भन्दै गिरी पदमुक्त भएको सूचना निकालेका हुन् ।

‘नागरिक उन्मुक्ति पार्टीको पत्रबाट प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवालयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गराएकी थिइन् । सुदूरपश्चिममा सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा नाउपाभित्र विवाद रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर