कोशीमा माओवादीका मन्त्रीहरूको राजीनामा

काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले आज सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि माओवादी संसदीय दलको आज विराटनगरमा बसेको बैठकले नेपाली कांग्रेस केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जामगर र गणेश उप्रेती मन्त्री रहहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर