खतरनाक खग्रास सूर्यग्रहण लाग्दै, नासाको चेतावनी

काठमाडौं । आज अमेरिकालगायत अन्य क्षेत्रबाट देखिने खग्रास सूर्यग्रहण धेरै हिसाबले विशेष महत्वको हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो हुनेछ।

यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । खगोलीय घटना ग्रहणको दिन सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ । जसका कारण कुल सूर्यग्रहण करिब ७.५ मिनेटसम्म रहनेछ । यो आफैँमा दुर्लभ घटना हो। यसअघि सन् १९७३ मा अफ्रिकी महादेशबाट यस्तो लामो सूर्यग्रहण देखिएको थियो ।

खग्रास अर्थात् पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ। यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानाडा पुग्नेछ। कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमाइकाजस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ।

सन् २०२४ मा कुल दुईवटा सूर्यग्रहण हुनेछन् । दोस्रो सूर्यग्रहण अक्टोबर २ मा लाग्नेछ। यो एक एन्युलर सूर्यग्रहण हुनेछ, जसमा रिंग अफ फायर पनि देखिनेछ। यो सूर्यग्रहण अर्जेन्टिना र चिलीजस्ता दक्षिण अमेरिकी देशमा देखिने छ । यो आंशिक रूपमा दक्षिण अमेरिका, अन्टार्कटिका र प्रशान्त महासागरमा देखिनेछ। त्यतिबेला पनि यहाँ रात हुने भएकाले नेपालमा सूर्यग्रहण देखिने छैन। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउने अवस्थालाई सूर्यग्रहण भनिन्छ। यसका साथै १८ सेप्टेम्बरमा भने चन्द्रग्रहण देखिनेछ ।

नासाको चेतावनी

यसैबीच अमेरिकी अन्तरिक्ष संस्था नासाले कुनेपनि साधारण मोबाइल फोनबाट सिधै सूर्यग्रहणको तस्बिर नखिच्न सल्लाह जारी गरेको छ । नासाका अनुसार ग्रहण लागेको बेता मानव आँखालगाउत मोबाइल फोको क्यामेराको सैनसरमा प्रत्यक्ष असर पर्न सक्ने हुनाले त्यस्ता हरकत नगर्न सल्लाह दिइएको हो । नासाले ग्रहणको फोटो खिच्नै परेमा विशेष प्रकारको फिल्टर उपकरणको प्रयोग गर्न भनिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर