नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । गुजरातको वापीस्थित साइँ मेघपन स्पोर्ट्सलाइफ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए । आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाए । बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिए । नेपाल आज गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने अभियानमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो ।
नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।