निर्वाचनसम्बन्धी विधेयक छिटो संसदमा पेस गर्नेछौं : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको अन्तरसंवादमा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने आश्वासन दिएका हुन् ।

आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयक संसदमा पेस गरेर चाँडोभन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोगसमक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए । उनले विधेयकमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसदमा लैजाने पनि बताए । निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बैठकमा निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाही बारे पनि उपप्रधानमन्त्री लामिछानेलाई जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर