सिरहामा दिउँसै हतियार देखाएर १५ लाख ५० हजार लुटपाट

काठमाडौं । सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरबाट रकम लुटपाट भएको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटपाट गरिएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगदसहित दुई थान ग्लोबल आइएमइ बैंकको र तीन वटा, राष्ट्रिय बाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुपुर गाउँपालिका–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले लुटेरामध्ये मोटरसाइकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रङको कपडा लगाएको प्रहरीसमक्ष जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर