सुनको मूल्य बढेको बढ्यै, तोलामा २९ सय महँगियो

काठमाडौं ।  सुनको मूल्यले आइतबार फेरि नयाँ रेकर्ड स्थापना गरेको छ । आज सुनको मूल्य प्रतितोला २९ सयले वृद्धि भई हालसम्मकै उच्च मूल्य भएको छ । गत शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर