बिस्का जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा
काठमाडौं । भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि श्री भैरवनाथ र श्री भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिस्का जात्रा यही चैत २७ गतेदेखि प्रारम्भ हुँदैछ । यसैगरी ललितपुर खोकनाको इतिहास बोकेको १२ वर्षे सिकाली जात्राको हनुमानढोकाको नासल चोकमा देवनाच प्रस्तुत गरेसँगै सकिएको छ । सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा नचाइने परम्परा छ ।
प्रतिक्रिया