पहाडी भू-भागमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । आज आइतबार पनि देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । बेलुका देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर