आइपिएलमा राजस्थान रोयल्सको चौथो जित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा राजस्थान रोयल्स (आरआर) ले लगातार चौथो जित निकालेको छ । आरआरले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोर आरसिबी लाई ६ विकेटले हरायो । आरआरको यो लगातार चौथो जित हो । आफ्नो चौथो खेलमा आरसिबीले दिएको १८४ रनको लक्ष्य आरआरले १९।१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर जोस बटलरले शतकीय पारी खेले ।

उनले ५८ बलमा ९ चौका र चार छक्काको मद्दतमा अविजित १ सय रन बनाए । बटलरले छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गर्नुका साथै टिमलाई सानदार तरिकाले जित दिलाए स्तै, सञ्जु स्यामसनले ४२ बलमा आठ चौका र दुई छक्कासहित ६९ रनको इनिङ खेले ।​ शिमरन हेटमायरले ११ रनको योगदान दिए ।

आरसिबीका लागि रिस टोप्लीले दुई, यश दयाल र मोहम्मद सिराजले एकरएक विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन जोड्यो । सका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । ७२ बलको सामना गरेका उनले १२ चौका र ४ छक्कासहित ११३ रनको शतकीय इनिङ खेलेका हुन् । आइपिएलमा कोहलीको यो आठौँ शतक हो । यस्तै, कप्तान फ्याफ डु प्लेसिसले ४४ रन बनाए । राजस्थानका लागि युजवेन्द्र चहलले दुई र नन्द्रे बर्गरले एक विकेट लिए । यो जितपछि अपराजित रहेको आरआरले चार खेलबाट ८ अंक जोडेको छ । पाँच खेल खेल्दा एकमा मात्र जित निकालेको आरसीबी आठौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर