आर्सनलको ब्राइटनमाथि ३–० को जित

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा आर्सनलले ब्राइटनमाथि ३–० को प्रभावशाली जित निकाल्यो। यो जितमा बुकाया साका, काइ हार्भटेज र लियान्ड्रो ट्रोसार्डले गोल गरे। यससँगै आर्सनलको ३१ खेलबाट ७१ अंक भयो । तेस्रोमा रहेको म्यानचेस्टर सिटीले अर्को खेलमा क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्‍यो। सिटीको ७० अंक छ।

शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो। एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेले।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर