कजाकिस्तानमा बाँध फुट्नाले रुसमा असर

काठमाडौं । रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार जनाएको छ ।

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क शहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरेका थिए । ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क शहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् ।

ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ । रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर