इलाम क्षेत्र नं.–२ मा आठजना उम्मेदवारद्वारा मनोनयन दर्ता

काठमाडौं ।   प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् ।

सुहाङसहित हालसम्म सात जनाले मनानयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धीरेन्द्र शर्मा रमण रहेको छ । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तवा, शहीद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले मनोनयन दर्ता गराएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराए । नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । डाकप्रसाद गौतमले स्वतन्त्ररुपमा मनोनयन दर्ता गराए भने पहिचानवादीका तर्फबाट डेकेन्द्रसिंह थेगिमले पनि मनोनयन पत्र दाखिला गरेका छन् ।

एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएको छ । नेपाली कांग्रेसले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर