धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको शनिबार मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिए । धनकुटा नगरपालिका–१० का ११ वर्षीय मनिस खतिवडा र धनकुटा ९ का १६ वर्षीय दीपेश खतिवडाको घटनास्थलमै मृत्यु भएको हो। घटनाको प्रहरीद्वारा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर