एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।

आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।

बैठकमा महाधिवेशनमा सहभागी दुई हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा. अधिकारी जानकारी दिए ।  एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर