काठमाडौंको फोहर विसर्जन गर्न बञ्चरेडाँडामा अवरोध

काठमाडौं ।  बञ्चरेडाँडामा काठमाडौंको फोहर  विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । उनीहरूले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गरेका हुन् ।

बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति नुवाकोट–धादिङका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । “फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन गर्दै आएको छ । (यसअघि धादिङ–नुवाकोटका बासिन्दाले आन्दोलन गरेको बखतको ब्यानर । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर