न्यूयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । भूकम्प ४.८ म्याग्निच्युडको भएको बीबीसीले जनाएको छ । अमेरिकी समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।

भूकम्पपछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलमा अवरोध उत्पन्न भएको थियो । भूकम्पका कारण न्यूयोर्क शहरको सडक सामान्य चर्किएको छ । भूकम्प जाँदा संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर