सनराइजर्स हैदराबादको चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित

काठमाडौं । आइपिएलअन्तर्गत हिजो शुक्रबार भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए । उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए । यसअघि ओपनर अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई शानदार सुरुवात दिलाएका थिए । उनले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रनको योगदान दिए ।

हेनरिच क्लासेनले नटआउट रहँदै १० र नितिश कुमार रेड्डीले १४ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । चेन्नईका लागि मोइन अलीले २ तथा दीपक चाहर र महिश थिकशानाले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुवेले २४ बलमा ४५ रनको शानदारी इनिङ्स खेले । उनले दुई चौका र ४ छक्का हिर्काए । त्यस्तै, रवीन्द्र जडेजाले २३ बलमा ३१ रन बनाए भने अजिंक्या रहानले ३० बलमा ३५ रनको योगदान दिए । कप्तान रुतुराज गैयकवाडले २१ बलमा २६ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले १–१ विकेट हासिल गरे । जितपछि ४ खेलबाट ४ अङ्क बटुल्दै हैदराबाद पाँचौँ स्थानमा रहेको छ । चेन्नईको समान अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर