मौसम : देशभर हल्का वर्षा हुने, तराईमा हावाहुरी चल्ने

काठमाडौं । आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मेघ गर्जन, चट्याङ्सहित आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज शनिबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा हुने सम्भावना रहृको छ । आज राति पनि ती प्रदेशका पहाडी भूभागसहित बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हावाहुरी चल्ने सम्भावना

महाशाखाका अनसारआज शनिबार मधेस प्रदेशको एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । मधेस प्रदेशमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई थप सतर्कता अपनाउनुपर्ने हुन्छ । बाँकी प्रदेशमा आंशिदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । प्रि–मनसुनको समय भएकाले पहाडी भूभागमा केहीबेर पानी पर्ने र रोकिने क्रम निरन्तर चल्नेछ । आइतबार पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर