सुनसरीको भुटाहा बजार निषेधाज्ञापछि शान्त

काठमाडौं । सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदायबिच शुक्रबार दिउँसो १ बजेपछि सुरु तनाव दोहोरा भिडन्तमा परिणत भएको थियो । सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ । प्रहरीले ५१ राउण्ड बढी हवाई फायर गरेको थियो ।

भुटाहामा हिजो बिहीबार हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो । कुटपिटबाट जीवन मेहता घाइते भएका थिए । हाल उनको धरानमा उपचार भइरहेको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए । मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ । हाल सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर