क्रिकेटर सन्दीपको मुद्दामा दुबैपक्षको झगडिया झिकाउने आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले दुवै पक्षलाई झिकाउन आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया (दुवैपक्ष) झिकाउन आदेश दिएका छन् ।

सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार अर्को पेशी वैशाख ३ गतेलाई तोकिएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका छन् । सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ। सन्दीपले यो मुद्दाबाट सफाइ पाउन पर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर