माओवादीका महरा लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए ।

माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा महरालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर