नेपाल जित्नै पर्ने दबाबमा

काठमाडौं ।  तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा आयरल्यान्डसँग हारेको नेपाल सिरजमा कायम रहन आजको खेलमा जित्नै पर्ने दबाबमा छ। आज आयरल्यान्ड ‘ए’ ले जितेमा अन्तिम खेल अगावै सिरिज कब्जा गर्नेछ।नेपालले पहिलो खेलमा १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याउँदा समेत २१ रनले पराजित भएको थियो। यसअघि आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी-२० खेल भएको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यस्तै आयरल्यान्डले नेपाल ‘ए’ सँगको तीन टी-२० सिरिज खेल्दा २-१ ले सिरिज जितेको थियो। तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर