सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहद्वारा राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । संघीय सरकारमा सत्ता साझेदार दलहरुको फेरबदलसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

साझेदार दलले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका शाहले आफूले विश्वासको मत नपाउने निश्चित भएसँगै प्रदेश प्रमुख नजिर मियाँलाई आज बिहीबार राजीनामा बुझाएको हो ।

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन भएपनि सो पार्टीभित्रको आन्तरिक विवादले झन् समस्या पारेको थियो । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीको सहयोग लिने कसरत गरेपनि अर्का स्वतन्त्र १ जना उम्मेदवारले समेत समर्थन नगर्ने भनेपछि शाहले अन्ततः राजीनामा दिए । अब नयाँ गठबन्धन दलहरु सरकार गठनको तयारीमा लागेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर