आइपिएल : आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदै छ । गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जाब किंग्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो । त्यस्तै पञ्जाब किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । आइपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाब आठौ भएको थियो ।
कोलकाताले दिल्लीलाई १०६ रनले हरायो
कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई १०६ रनले पराजित गरेको छ । कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो । त्यसअधि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।