ताइवानमा गएको भूकम्पबाट ९ जनाको मृत्यु

काठमाडौं । ताइवानमा बुधबार बिहान गएको भूकम्पमा परेर ९ जनाको मृत्यु भएको छ । यस्तै आठ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एक सय जनाभन्दा धेरैको खोजी भइरहेको छ ।

ताइवानको पूर्वी तटीय क्षेत्रमा ७.५ दशमलव म्याग्निट्यूडको भूकम्प गएको थियो। भूकम्पका कारण ताइवान र छिमेकी देशमा सुनामी आउन सक्ने चेतावनी दिइएता पनि सो खतरा टरेको छ । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना निकालेर सुनामीको खतरा टरेको जानकारी दिएको छ । भूकम्पका कारण पहाडी भेगमा ठाउँ-ठाउँमा पहिरो गएको छ । ह्वालिएन शहरमा धेरै भवन भत्किएका छन् । ताइवानका धेरै ठाउँमा विद्युत् आपूर्ति र इन्टरनेट सुविधामा अवरोध पुगेको छ । ताइवानका अधिकारीले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर