फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालकाे तेस्राे जित

काठमाडौं ।  भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्राे जित हासिल गरेको छ ।  आज भएकाे खेलमा नेपालले गुजरातलाई ८ रनले हरायाे । नेपालले दिएकाे १ सय ८२ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायाे । गुजरातका उमंग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र साेमपाल कामीले समान २ विकेट लिए ।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

याे जितसँगै नेपाल एक खेल अघि नै फाइनलमा पुगेकाे छ । प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर