आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई एकदिवसीय सिरिजको पहिलो खेलमा १५८ रनको लक्ष्य दिएको छ। आयरल्याण्डले ३८ ओभर ३ बल खेल्दै १० विकेट गुमाएको छ। ५० ओभरको खेलमा आयरल्यान्डले नेपालको कसिलो बलिङको सामना गर्न मुस्किल परेको थियो ।
नेपालका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ३८औं ओभरमा ह्याट्रिक पूरा गरे। उनीसँगै साहब आलम र मौसम ढकालले समान २–२ विकेट लिए। आयरल्यान्डका लागि सर्वाधिक रन केड कार्माइकलले ५१ रन बनाए। आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए। नेपालले पहिले बलिङ गरेको थियो।
प्रतिक्रिया