गृहमन्त्रीलाई खुला बहसमा आउन नेपाली कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग खुला राजनीतिक बहस गर्न आफ्नो पार्टी तयार हेको चुनोत्ी दिएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेकोको बैठकमा कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई संसदीय समितिमा बहस गर्न चुनौती दिएका हुन् । ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उmर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु,’ उनले भने, ‘नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रणा गर्न चाहन्छु ।’

‘प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दोष हुनुहुन्छ । अरू सांसद्ले पनि भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ । अकबर र वीरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् । गृहमन्त्रीलाई निर्दोष साबित गर्न पाउने हक छ, त्यो दिउँ । यसको लागि संसदीय छानबिन समिति बनाऔँ,’ शर्माले भने ।

‘यो बैठकमा निर्धारित कार्यतालिकाबमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँभन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं,’ शर्माले भने, ‘प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसमाथि हाम्रो कठोर विमति रहनेछ ।’ यसैबिच कांग्रेसले गृहमन्त्रीले राजीनामा देला कि भनेर दिइएको अल्टिमेटमको अवधि सकिएको जनाउँदै प्रतिनिधिसभा र राष्ट्रियसभाको आगामी दिनको बैठक चल्न नदिने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर