भारतमा अप्रिलदेखि जुनसम्म गर्मी बढ्ने

काठमाडौं ।  भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले भारतमा अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मी हुने बताएको छ । अप्रिलदेखि जुनमा अत्याधिक गर्मी हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । दक्षिण प्रायद्वीप, मध्य भारत, पूर्वी भारत र उत्तरपश्चिम भारतमा धेरै गर्मी हुने सम्भावना रहेको बताएको छ ।

आईएमडीले गर्मीको लहरको समयमा उच्च तापमानले जोखिम निम्त्याउने बताएको छ । विशेष गरी वृद्ध, बालबालिकाहरू र अस्वस्थ भएकाहरुलार्य समस्या हुनसक्ने बताएको छ । यसले प्रभाव कम गर्नका लागि सक्रिय कदम चाल्न अधिकारीहरूलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर