माओवादी नेता कालीबहादुर खाम प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए । व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर