नेपालको आर्थिक वृद्धिदर ३.३ रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं ।  विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । बैंकले चालू आर्थिक वर्षमा ३.३ आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ। पाँच महिनाअघि बैंकले यो वृद्धि ३.९ मा  रहने प्रक्षेपण गरेको थियो। बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ।

पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैंकले उक्त प्रक्षेपण गरेको हो। आर्थिक परिदृश्य सार्वजनिक गर्दै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर