पर्वतमा एक दम्पतीको हत्या

(घटनास्थलमा जम्मा हुँदै स्थानीय वासिन्दा)

काठमाडौं । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति एक दम्पतीको हत्या भएको छ। अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसि र उनकी श्रीमती अन्दाजी ६५ वर्षीय गमला जिसिको हत्या गरेको हो । घरभित्र सुतिरहेको अवस्थामा गएराति जिसि दम्पतीको हत्या भएको र आज बिहान घरभित्रै मृत अवस्थामा भेटिएको वडाध्यक्ष प्रकाश जिसिले जानकारी दिए ।

वडाध्यक्ष जिसिका अनुसार जिसि दम्पती मात्रै घरमा बस्दै आएको थियो । घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको छ। बाँकी विवरण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर