प्रदेशको सत्ता भागवण्डामा नयाँ गठबन्धनबिच समझदारी

काठमाडौं । सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबिच प्रदेश भागबन्डाबारे छलफल भएको हो । अरू प्रदेशमा पनि सहमतिको मोटामोटी खाका तय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच प्रदेश भागबन्डामा मोटामोटी समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । “प्रधानमन्त्रीसहित केपी कमरेड र माधव कमरेड बसेर छलफल गर्नुभयो । समझदारीबमोजिम बागमती प्रदेशमा शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभयो,” उनले भने, “अरू प्रदेशमा बिस्तारै समझदारीमा पुग्ने भनिएको छ । यस्तै प्रदेशका मन्त्रीसहित अन्य राजकीय पदमा भागबन्डा गरेर जाने समझदारी भएको छ ।”

उनले सुदूरपश्चिम प्रदेशमा पहिलो चरण एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने समझदारी भएको जानकारी दिए । त्यसपछि दोस्रो चरणमा कुन पार्टीबाट मुख्यमन्त्री बन्ने निष्कर्षमा नपुगेको उनले उल्लेख गरे । तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने त्यसपछि दोस्रो चरणमा बागमती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री लिने समझदारी बनेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर