मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाए

काठमाडौं । बागमती प्रदेशकाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा आजको बैठकमा १०८ जना प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । ५६ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा ३७ मत परेको थियो भने १५ जना सांसद तटस्थ बसेका थिए ।

जम्कट्टेललाई एमालेका २७, माओवादीका २१, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले विश्वासको मत दिए । हानेपाकी सरिता खड्गी आजको प्रदेश सभा बैठकमा अनुपस्थित थिइन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एसले पाउन नयाँ सत्ता गठबन्धनमा सहमति भएपछि नेकपा एसले जम्कट्टेललाई विश्वासको मत दिएकाले उनको मुख्यमन्त्रीको कुर्सी जोगिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर