नेप्सेमा सोमबार सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.२६ अंकले घटेर दुई हजार १२ दशमलव ७ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, माइखोला हाइड्रोपावर लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज रिभल्स फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर