दिल्लीका मुख्यमन्त्री केजरीवाल तिहाड जेल चलान

काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (इडी, इनफोर्समेन्ट डाइरेक्टोरियट) ले आज सोमबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा राउज एभिन्यू अदालतमा पेश गरेको छ । जहाँबाट उनलाई अहिले न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।  अदालतले केजरीवाललाई अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ । इडीले अदालतमा न्यायिक हिरासत मागेको थियो। अरविन्द केजरीवालको उपस्थितिमा पत्नी सुनिता, आप नेता सौरभ भारद्वाज, आतिशी, गोपाल राईलगायत धेरै नेताहरू उपस्थित थिए। २८ मार्चमा, अदालतले अरविन्द केजरीवाललाई राहत दिएन र उनलाई अप्रिल १ सम्म इडीको रिमान्डमा पठाएको थियो। उनलाई इडीले मार्च २१ मा पक्राउ गरेको थियो ।
केजरीवालका वकिलले जेलमा केही औषधि उपलब्ध गराउन आग्रह गरेका छन् । रामायणका साथै पत्रकार नीरज चौधरीद्वारा लिखित प्रधानमन्त्री कसरी निर्णय गर्छ भन्ने शीर्षकको किताब एवं महाभारत जस्ता पुस्तकको माग गरिएको छ । केजरीवालका वकिलले विशेष आहारको माग पनि गरेका छन् । अरविन्द केजरीवालले आफ्नो लकेट र टेबल कुर्सी पनि मागेका छन्।
अदालतले इडीलाई ट्रायल कोर्टको आदेशअनुसार हिरासतमा रहेकाले यसको अगाडि स्टेटस रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। अदालतले निवेदकको अधिकार क्षेत्रबारे कुनै टिप्पणी नगरेको स्पष्ट पारेको छ । इडीले न्यायिक हिरासत मागेको छ। इडीले भने कि केजरीवालले अहिलेसम्म पासवर्डहरू साझा गरेका छैनन्। उनलाई अहिले दिल्लीस्थित तिहाड जेल लाने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर