सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो । क महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होली सकिएको छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होली पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर