आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दुई दिन अर्थात् बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

महासंघको अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य भने हालसम्मकै उच्च हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर