तोयम राय महालेखा परीक्षकमा सिफारिस

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखा परीक्षकमा सिफारिस भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले रायलाई ६ वर्षका लागि महालेखा परीक्षकमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गत जेठ ६ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएको थियो । लामो समयदेखि महालेखा परीक्षक रिक्त थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर