पाल्पामा रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । तानसेन डुम्रेस्थित जरे पिपल नजिकै शनिवार बेलुकी सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको छ ।

एक्कासि हावा हुरी आएपछि सिद्धार्थ राजमार्गको रुख नजिकै बसेका सिंजालीको ढलेको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । लु ८१ प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आएको थियो । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १० प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकलमा पनि क्षति पुगेको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर