आइतबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा छ । बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा निर्धारण छ भने अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा रहेको छ।  कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा  र बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर