इलाममा परिवर्तनको घन्टी बजिसक्यो : सभापति लामिछाने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ। इलामको चोकबजार लाँकुरी चौतारामा शनिबार एक कार्यक्रमको आयोजना गरेर उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहितका पार्टीका नेता उपस्थित थिए । कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने दाबी गरे । उनले इलामले परिवर्तन खोजेको र त्यसको घण्टी बजिसकेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर