आयरल्यान्ड वल्भ्ससँग नेपाल ‘ए’ पराजित

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँग आज शनिबार भएको दोस्रो खेलमा पनि नेपाल ‘ए’ पराजित भएको छ । जितका लागि २२५ रनको बिशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १८४ रन मात्रै जोड्न सक्यो ।

नेपाल ‘ए’ का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ‘ए’ का मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो । आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए ।

आयरल्यान्ड–उल्भ्सले नेपाल ‘ए’ सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको पहिलो खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको थियो । शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड–उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर