टी-२० श्रृङ्खला : नेपाल र आयरल्याण्डबिच दोस्रो खेल हुँदै

काठमाडौं । टी-२० श्रृङ्खलाअन्तर्गत आज शनिबार नेपाल र आयरल्याण्डबिच दोस्रो खेल हुँदैछ। आज दिउँसो १ बजे म्याच सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको शतकीय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर