जनमत पार्टीकी सापकोटा सांसद पदमा यथावत्

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न नमिल्ने बताएका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीले पदबाट हटाउन माग गर्दै गरेको पत्राचार त्रुटीपूर्ण रहेको सभामुखले बताएका हुन्।

जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।  सापकोटाले दल त्याग गरेको नदेखिएको र दलबाट निष्कासन गरेको पनि नपाइएका सांसद पद कायम रहेको सभामुखको ठहर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर